सल्यान । सल्यानम यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बस सडकबाट २ सय मिटर तल खसेको छ ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो ।
घाइतेको सङ्ख्या धेरै भएको र उनिहरुको उद्धार गरी अस्पताल पु¥याइरहेको प्रहरीले बताए ।
बसमा ३० जना यात्रु रहेको बताइएको छ । १८ जना घाइतेको सल्यानमा उपचार भइरहेको छ ।