ताप्लेजुङमा । ताप्लेजुङमा गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा पर्दा
एक जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् ।
बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।