लण्डन । ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा परी मृत्यु भएको छ । ब्राजिलको मिनास गेरियास राज्यको ग्रामिण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा २६ वर्षीया मेन्डोन्कासँगै अन्य चार जनाको मृत्यु भएको छ ।
मारिलिया मेन्डोन्काको प्रेस कार्यालयको विज्ञप्ती अनुसार शुक्रबार भएको दुर्घटनामा परि मेन्डोन्कासहित उनका निर्माता हेनरिक रिबेरो, सहयोगी अबिसिएली सिल्भेरा डियास फिल्हो र विमानका पाइलट र को–पाइलट दुवैको दुर्घटनामा मृत्यु भएको छ ।
मेन्डोन्काको शुक्रबार कन्सर्ट गर्ने कार्यक्रम थियो । कन्सर्ट हुने ठाउँ दुर्घटना भएको क्षेत्रभन्दा १२ किलोमिटर दुरीमा पर्छ । कन्सर्टका लागि निजीविमान चढ्नुअघि उनले सामाजिक सन्जालमा भिडियो पोस्ट गरेकी थिइन् ।
‘ब्राजिलमा क्विन अफ सफरिङ’ का रुपमा परिचित मेन्डोन्का चर्चित ग्रामी अवार्ड विजेता पनि हुन् ।
मारिलिया मेन्डोन्काका दुई वर्षीय छोरा छन् ।