काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिएका छन् । उनले बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिएका हुन् ।
राष्ट्रपति वाइडेले ट्वीट गर्दै लेखेका छन् , ‘अमेरिका र विश्वभरि मनाइने हिन्दू, सिख, जैन र बौद्ध धर्मावलम्बीहरूलाई पिपुल्स हाउसदेखि शुभ दीपावली ।’
अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ ।





