November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चलचित्र ‘मधुरिमा’ को शुभसाइत सम्पन्न

२०७८ कार्तिक १८

2.7K

काठमाडौँ । कमलादी गणेश मन्दिर परिसरमा चलचित्र ‘मधुरिमा’को शुभ साइत सम्पन्न भएको छ ।

मोष्ट वाण्टेड, जष्ट फर यु लगायत आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता रामभक्त श्रेष्ठको लेखन, निर्देशन रहने ‘मधुरिमा’ पारिवारिक प्रेमकथामा आधारित रहने बताइएको छ ।

गणेश पाण्डेको प्रस्तुति, युवराज पौडेल निर्माता रहने ‘मधुरिमा’ मा पुष्कर राउत, हर्षिका श्रेष्ठ, जान्वी बस्नेत, गणेश पाण्डे, बाबुराम उपाध्याय, संजय महर्जन, बिकाश पुजारी आदिको अभिनय रहने छ ।

Advertisement

यसमा नृत्य अर्जुन भुषाल, व्दन्द शंकर महर्जन, मेकअप रबि कार्कीको रहने छ भने आगामी मंसिरको दोस्रो साताबाट चलचित्रको छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ ।