गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । आगामी शुक्रबार २९अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपालि दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतासँगै सो शिविर हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिएका छन् ।
उनले कुवेतमा विभिन्न किसिमले स्वास्थ्य चेकजाँचबाट बन्चित हुनपर्दा कुवेतमा नेपालिहरुको मृत्युदर बढेको भन्दै यो कार्यक्रम अत्यावश्यक रहेको बताएका छन् । शिविरमा ब्लड प्रेसर, सुगर, इसीजी, एक्सरे, डाक्टरको परामर्श गराउन सक्ने अध्यक्ष लामाले बताएका छन् । साथै आवश्यकता अनुसार पिसिआर र कोलेस्ट्रोल समेत चेक गर्न सकिने छ ।
पछिल्लो समय अवैधानिक नेपालीहरू तथा कुवेतको श्रमबजारमा न्यून तलवमा काम गरिरहेका नेपालिहरू स्वास्थ्य चेकजाँच तथा समयमा उपचार गराउन नसक्दा अकालमै ज्यान गुमाइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको र यसलाई न्यूनीकरण गर्न यस्तो किसिमको कार्यक्रमको आवश्यकता रहेकोले कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । यसका लागि एआरएनए कुवेतले विभिन्न स्वास्थ्य प्रादायक कम्पनिहरुसँग समन्वय गरेर छुटको व्यावस्था गर्ने तयारी गरिरहेको र केही दिनमा नै नेपालिहरुले प्रत्यक्ष लाभ लिन सक्ने गरि छुट कार्डको व्यावस्था हुने बताएका छन् ।
यश निःशुल्क स्वास्थ्य शिविरमा उपस्तिथित हुने नेपालिहरुको लागि मेट्रो मेडिकलबाट २०% छुट कार्डको समेत व्यावस्था गरेको छ ।
कुवेतमा विभिन्न किसिमले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुले कुवेतको सिभिल आइडिको कपि वा पासपोर्टको कपि लिएर यो अवसरको फाइदा लिनका लागि अध्यक्ष लामाले अनुरोध गरेका छन् ।