लण्डन । गैर–आवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक तथा एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठी चुनावी प्रचारप्रसारका क्रममा बेलायत आइपुगेका छन् ।
उनलाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आईसीसी सदस्य भिम लाल भट्टराई युवा संयोजक अनिल मल्ल एनआरएनए यूके पूर्व महासचिव राजकुमार त्रिपाठी, गोर्खाली समाज यूके उपाध्यक्ष हेम कुमार गुरुङ र लण्डन नेपाल न्युज डट कमका सम्पादक शिव भण्डारी लगायतले खदा लगाइ हिथ्रो बिमानस्थलमा स्वागत गरे ।
एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगरका अनुसार त्रिपाठी आइतबार यूकेको कार्यालय समुदघाटन कार्यक्रममा पनि अतिथिको रूपमा उपस्थित हुने भएका छन् ।