April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनएको आईसिसि युवा संयोजक पदमा मनोज श्रेष्ठ ‘गोर्खाली’ को उम्मेदवारी

5.5K

काठमाडौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आईसिसि युवा संयोजक पदमा मनोज कुमार श्रेष्ठ (मनोज गोर्खालीले) उम्मेदवारी घोषणा गरेका छन् । वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ युवा संयोजकमा उम्मेदवारी दिन लागेका हुन् ।

हाल मध्यपूर्व उपसंयोजक रहेका गोर्खाली मध्यपूर्व क्षेत्रमा सामाजिक अभियन्ताको रुपमा परिचय बनाएका छन् । विभिन्न संगीतिक कार्यक्रम गरी सो कार्यक्रममको आम्दानी रकमबाट नेपालमा प्रकृति प्रकोप, दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आइरहेका छन् । साथै शिक्षा स्वास्थ्यबाट बञ्चित निम्न वर्गकालाई राहत प्रदान प्रदान गर्दै आएका छन् ।

उनले कोभिड महामारीमाका कारण दुबईमा अलपत्र परेका नेपालीहरुलाई राहत सामग्री प्रदान लगायत सेल्टरको व्यावस्थापन गरेका थिए । दोस्रो लकडाउनमा कोभिडको प्रवाह नगरि एक हप्तासम्म नेपाल एयरपोर्टमा बसेर मध्यपूर्व र अन्य एनआरएनए एनसिसीहरूले पठाएका अक्सिजन कर्नसनटेटर र स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य मंत्रालयदेखी लिएर हरेक प्रदेश–प्रदेशसम्म व्यावस्थापन गर्ने गरेका थिए ।

Advertisement

विगत लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय गोर्खाली आफूलाई विश्वास गरीे जिम्मेवारी दिएको खण्डमा विश्वसनीय, पारदर्शी र सहभागितामूलक ढंगले मध्यपूर्वमा ऐतिहासिक सफलता प्राप्त गरेको दक्षता, सिप, क्षमता र अनुभवलाई आईसीसि युवा संयोजकका माध्यमबाट विश्वसामु पस्कने प्रतिवद्धतासहित उम्मेदवारी दिएको बताउछन् ।