November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल प्रवेशमा रोक लगाइएपछि विमानस्थलबाटै फर्किए किरण

2.7K

काठमाडौं : गत सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलमै रोक्यो। त्यति मात्र होइन उनलाई विमानस्थलबाटै अमेरिका नै फिर्ता पठाइयो। 

‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेर अमेरिकी नागरिक हुन्। एउटा अमेरिकी नागरिकले एक वर्षमा १ सय ८० दिन मात्र नेपालमा बस्‍न पाउने व्यवस्था छ। किरण यस वर्ष १ सय ८० दिनभन्दा बढी नेपालमा बसिसकेकाले उनलाई गृह मन्त्रालयले नेपाल प्रवेशमा रोक लगाएको हो। 

भुटानबाट विस्थापित भएपछि परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका गजमेर संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वाबास कार्यक्रम सुरु गरेपछि सन् २०११ मा अमेरिका गएका थिए। त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन्।

Advertisement