November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

न्युयोर्कमा तिहार लगतै ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने

3.4K

न्युयोर्क । किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन मिति पछि सरेको छ ।

२०२१ अक्टोवर २ तारिक शनिबार किराँत याक्थुङ् चुम्लुङ् अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्युयोर्क स्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनि टिकट समेत विक्री, वितरण गरिसकेको भएपनि नेपालीहरुको महान चाड विजया दशमी र तिहारको तयारीसंगै सबैजना व्यस्त हुने र दशै, तिहार मनाउन अधिकांस नेपाल जाने लगायतका विभिन्न कार्यक्रम हुने भएकोले हाललाई विशेष प्रदर्शन रोक्नु परेको निर्देशक किशोर सुब्बाले जानकारी गराएका छन् । उनका अनुसार तिहार सके लगतै चलचित्र प्रदर्शन हुनेछ ।

दसैं, तिहार भरी चलचित्रको प्रचारप्रसार र टिकटहरु धेरै भन्दा धेरै दर्शक माझ पु¥याउने र प¥याप्त मात्रामा दर्शक शुभचिन्तकहरूको सहभागिता गराउने उद्देश्य आयोजक पक्षले लिएको छ । परिवर्तित कार्यक्रम मिति अनुसार १४ नोभेम्बर २०२१ शनिबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हल युएसएमा चलचित्रको विशेष प्रदर्शन हुने भएको छ ।

Advertisement

चलचित्रमा विशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुंड्, सुखवीर लिम्बु लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् ।

ओपेरा क्रियशन्स प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र ‘थेत्लंङ्’ सिक्किमको विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बुको रहेको छ ।