काठमाडौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को आगामी १०औ महाधिवेशनमा अजिब गुरुङ ‘ओम’ ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामो समयदेखि एनआरएन अभियानमा होमिएका गुरुङ, २००८ मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्षमा अत्यधिक मतले विजयी भएसँगै गुरुङको उचाई बढेको थियो । गुरुङ सबैसँग समुधुर सम्बन्ध राख्न सक्ने क्षमताका कारण नै एनआरएन जापानको सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन् ।
एनआरएन जापानको सफल कार्यकाल सम्पन्न गरिसकेका गुरुङले ३ पटक आईसीसीको पदमा बसी विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । हाल विधान समितिको सह–संयोजकको जिम्मेवारीमा रहेर विधानमा नयाँ आयमहरू थप्न गहन भूमिका खेलेको जानकारहरू बताउछन् ।
आफ्नो अनुभवलाई एनआरएन अभियानमा लगाउन उनले आगामी कार्यकालका लागि सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पर्वत जिल्लाको फलेवास नगरपालिका– ८ ठानामौलाको खाल्टेमा जन्मिएका गुरुङ हाल चितवनको माडीमा बसोवास गर्दै आएपनि विगत लामो समयदेखि जापानमा स्थापित सफल रेष्टुरेण्ट, मेनपावर र रेमिट्यान्स व्यावसायी हुन् । उनले आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीकोहरूको समुचित विकासको लागि निरन्तरता सहित संस्थागत सुदृढीकरणका लागि आपनो उम्मेदवारी भएको गुरुङले दाबी गरेका छन् ।
“नेपालीका लागि नेपाली, एकपटकको नेपाली सधैंका लागि नेपाली” भन्ने गैरआवासीय नेपाली संघको मूल नारालाई सार्थकर्ता दिन आफूले सचिवमा उम्मेदवारी दिएको गुरुङले बताए ।
उनले जापानस्थित नेपाल आदिवासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरीसकेका छ्न र हाल गुरुङहरूको प्रमुख संस्था ‘तमु ह्युल छोजधिं रास्ट्रिय परिषदका’ अन्तरास्ट्रीय सल्लाहकार समेत रहेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो । विगत एनआरएनए जापानको एनसीसीदेखी नै यस सस्थाका जन्मपिता उपेन्द्र महतो, देवमान हिराचन, जिबा लामिछाने, शेष घले लगाएत भबन भट्टसँग नजिक रहेर काम गरेका गुरुङ एनआरएनका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरिसकेका छन् ।
अन्य पदहरूमा जहाँ बसेर पनि काम गर्न सकिन्छ नि सचिवमा नै किन ? भन्ने प्रसंगमा उम्मेद्धार गुरुङले लामोसमय संस्थामा बसेर काम गरेको अनुभवले एनआरएनएका समस्याहरू र यसका मूल्य मान्यताहरूलाई गहनरुपमा बुझेको, त्यसर्थ आफै जिम्मेवारी तहमा बसेर पोलिसी बनाउने र त्यसलाई लागु गर्नका लागि नै जिम्मेवारी पदमा बसेर काम गर्न चाहेको स्पस्ट पारे । मुख्यतः हाल देखिएका विकृति र विसंगतीहरूको संस्थागत सुधार, रोजगारीको लागि बाहिरिएका गैरआवासीय नेपालीहरूको हकअधिकार, व्यवस्थित रोजगार, श्रमको उचित मूल्य र जीवन बिमा, नागरिकताको निरन्तरता, नेपालीको सम्मृद्ध बनाउनको लागी ब्रेन–ड्रेनलाई डाइभर्ट गर्ने जस्ता बिषयहरुमा लागि आफू जोडदारसँग लाग्ने र यस अर्थमा पनि आफू सचिवको जिम्मेवारी पदमा रहेर काम गर्न चाहेको बताएका छन् ।