काठमाडौ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको साल्जब्रुगस्थित क्षेत्रीय समितिको अध्यक्षमा शिव खड्का सर्वसम्मत रुपमा चयन छन् ।
आगामी कार्यकालका लागि चयन भएका अध्यक्ष खड्कासँगै समितिको वरिष्ठ उपाध्यक्षमा निर्मला कार्की, उपाध्यक्षमा राधिका मैनाली र सुशिल शाह, महासचिवमा करुणा तुलाचन श्रेष्ठ, कोषाध्यक्षमा अञ्जना विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा सदस्यहरुमा उदय घिसिङ, राजकुमार गुरुङ र लाक्पा शेर्पा चयन भएका छन् ।
त्यसैगरी युवा संयोजकमा मिलन विश्वकर्मा, युवा सह संयोजकमा नेत्र थापा, महिला संयोजकमा सुनैना विष्ट, महिला सह संयोजकमा अमृता विश्वकर्मा सर्वसम्मतीबा चयन भएका छन् । समितिको सल्लाहकारमा रामबहादुर विश्वकर्मा, कृष्ण बहादुर विश्वकर्मा, रमेश विष्ट र संरक्षकमा मनोज विष्टलाई चयन गरिएको छ ।
कार्यक्रम एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीको प्रमुख आतित्थ्यतामा भएको थियो । तिवारीले समितिका पदाधिकारीहरूलाई सपथ ग्रहण समेत गराएकी हुन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष तिवारीले नयाँ कार्यसमितिलाई सबैले सहयोग गर्दै नेपाली समुदायको पक्षमा काम गर्न अनुरोध गरेकी छन् ।
नेपाल हिल्फे अष्ट्रियाका अध्यक्ष एवं समाजसेवी रामबहादुर विश्वकर्माले पनि नयाँ कार्यसमितिलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका थिए ।
यस्तै क्षेत्रीय समिति साल्जब्रुगका नवनिर्वाचित अध्यक्ष खड्काले सबैको साथ र सहयोगका साथ अघि बढ्दै क्षेत्रीय समिति साल्जब्रुगलाई नमूना समिति बनाउने प्रतिबद्धता गरेका छन् । उनले सबैसमक्ष सके सहयोग गर्नुस, सक्नुहुन्न बिरोध नगर्नुस भन्दै सल्लाह र सुझाव दिन अग्रजहलाई अनुरोध गरेका थिए ।
समितिका निवर्तमान अध्यक्ष कृष्णबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा अष्ट्रियाका वरिष्ठ उपाध्यक्ष अनिता भुजेल, महिला उपाध्यक्ष आशा थापा, सह कोषाध्यक्ष सरिता सिलवाल, आइसीसी सदस्य विकास कार्की, पूर्व उपाध्यक्ष मनोज विष्ट लगायतको सहभागिता रहेको थियो ।