सिड्नी । तरुण विभाग अष्ट्रेलियाको प्रमुखमा समित केसी मनोनयन भएका छन् । १४ औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसले केसीको संयोजकत्वमा ११ सदस्यीय समिति मनोनयन गरेको हो ।
अध्यक्ष समितसँगै सदस्य सचिवमा विवेक थापा (कास्की) हाल भिक्टोरिया, ईश्वर पहारी (कास्की) हाल न्यू साउथ वेल्स, हर्ष भट्टचन (काठमाडौं) हाल न्यू साउथ वेल्स, अनन्त गुरूङ (स्याङ्जा) हाल न्यू साउथ वेल्स, मनदिप के सी (बिराटनगर) हाल ब्रिसबेन, विशाल श्रेष्ठ (स्याङ्जा) हाल क्यानबेरा, तेज थापा (कास्की) हाल तास्मानिया, तिलक आले मगर (स्याङ्जा) हाल एडिलेड गमबहादुर भुजेल (कास्की) हाल डार्विन, रबिन अधिकारी (मोरङ्) हाल पर्थ रहेका छन् ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं तरूण विभागका संयोजक शंकर भण्डारीले श्रावण ३ को विभागको निर्णय बमोजिम उक्त जिम्मेवारी तोकेका हुन् । केसी नेपाली काँग्रेसको राजनितिमा युवा तरूणहरूकाबिच प्रभाव राख्ने प्रखर र स्पस्ट वक्ताको रुपमा परीचित छन् ।
१४ औं महाधिवेशनलाई लक्षित गरी ढिलै भए पनि केन्द्रीय नीति र निर्णय अनुरूप यतिबेला काँग्रेसले स्वदेश एवम् विदेशमा आफू मातहतका विभिन्न विभाग गठन र मनोनयनलाई तिब्रता दिएको छ ।
संयोजक केसीले अष्ट्रेयामा रहेका युवा तरूणहरूलाई समन्वय र सङ्गठित गरि सङ्गठनलाई गतिशील बनाउदै प्रवासदेखि जन्मभूमिसम्म राजनैतिक र सामाजिक कर्मका साथ जोडिने प्रतिबद्धता गरेका छन् ।