April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए आइसीसीको चुनाव समयमै हुन्छ – अध्यक्ष कुमार पन्त

5.2K

काडमाण्डौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको निर्वाचन समयभित्रै हुने बताएका छन् । संघले निर्वाचन समिति गठन गरेर निर्वाचन सम्बन्धी प्रकृया अगाडि बढाइसकेको बताउँदै उनले निर्वाचन अक्टोबरभित्रै हुने बताएका हुन् ।

निर्वाचन हुनेमा आशंका व्यक्त भइरहँदा अध्यक्ष पन्तले अक्टोबरमा हुने निर्वाचनमा तलमाथि नहुने र कुनै पनि हालतमा निर्वाचन हुने बताए ।

अध्यक्ष पन्तले मतदाता नामावली सार्वजनिक भइसकेको र केही दिनभित्र दावी विरोधको समय सकिएपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाएर निर्वाचन मिति घोषणा गरिने बताए । उनका अनुसार केही दिनभित्रै बस्ने आइ. एस. बैठकले निर्वाचन समितिको निर्णयलाई अनुमोदन गर्ने भएको छ ।

Advertisement

संघको १० औं विश्व सम्मेलन यसअघि नै २३–२५ तारिखको लागि तोकिसकिएको छ । निर्वाचन भने सम्मेलन अगावै गर्ने र काठमाण्डौंमा आयोजना गरिने सम्मेलनको अवसर पारेर नेतृत्व हस्तान्तरण गरिने भएको छ । यो बर्ष पहिलो पटक अनलाइनको माध्यमबाट निर्वाचन हुँदैछ । निर्वाचनमा ३६ सय भन्दा बढी सहभागी हुँदैछन् ।