November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कर्णालीमा संक्रमण बढ्दो

4.9K

कर्णाली – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा ८२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०, दैलेख अस्पतामा आठ रुचौरजहारी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा एक गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कोरोना संक्रमण हुनेमा सुर्खेतका ५४, दैलेखका १४, सल्यानका १२, कालिकोटका सात, जुम्ला, जाजरकोट र रुकुमपश्चिमका दुई-दुई, हुम्लाका एक र अन्य प्रदेशका सात जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो । शुक्रबार १०१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार नजिक  छ ।
    
उनका अनुसार शुक्रबार ७३ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ६७८ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा एक हजार १९९ संक्रमित रहेको  उनले बताए ।

Advertisement