November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बलिउड अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण

3.3K

मुम्बई–बलिउड अभिनेत्री कृति सेनन कोरोना संक्रमित भएकी छन्। राजकुमार रावसँग आगामी फिल्मको सुटिङमा व्यस्त रहेकी सेनन हालै चण्डीगढबाट फर्किएकी थिइन्। उनले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै फिल्मको काम सकेर घर फर्किरहेको उल्लेख गरेकी थिइन्।

यद्यपि कोरोना संक्रमित भएकोबारे उनले केही बताएकी छैनन्। उनले मुम्बईमा फोटो पत्रकारसँग कुरा गर्दै आफूले एक सेकेण्ड पनि मास्क नहटाउने बताएकी थिइन्।

यसअघि अभिनेता वरुण धवन, अभिनेत्री नीतू कपुरमा कोरोना संक्रमण देखिएको थियो। सोहीकारण ‘जुग जुग जियो’ फिल्मको सुटिङसमेत रोकिएको छ। 

Advertisement