November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘नेपाल आइडल सिजन–४’ का निर्णायक सार्वजनिक

3.2K

काठमाडौं – सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ मा निर्णायक निश्चित भएका छन् । सम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्ध गरिएको छ । पहिलो सिजनदेखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ जज ल्याइएको हो ।

यसैबीच, आइडलको डिजिटल अडिसन सुरु भएको छ । भदौ १ बाट डिजिटल अडिसन सुरु भएको हो । भदौ ३१ सम्म अडिसन दिन सकिने छ । अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।

डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।

Advertisement