November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पवनदीप राजनले जिते इन्डियन आइडल-१२ को उपाधि

3.2K

काठमाडौं- (एजेन्सी) । पववनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।शनमुख प्रिया छैटौ, पाँचौ निहाल टोरो रं मोहम्मद दानिश चौथो भए । यसैगरी सायली काम्बले सेकण्ड रनरअप र अरुणिता कान्जिलाल फस्ट रर्नर अप हुन सफल भइन्

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो । गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।

Advertisement

उलने २५ लाख भारतीय रूपैयाँसँगै स्वीफ्ट कार पनि जितेका छन्र ।