November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘डाँडाको बरपीपल’मा अभिनेता भुवन र शिव अनुबन्धित

2.8K

काठमाडौं– निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी र शिव श्रेष्ठ अनुबन्धित भएका छन्। उक्त फिल्ममा शिव श्रेष्ठ यसअघि नै अनुबन्धित भइसकेका छन्।

शोभित बस्नेत निर्देशित ‘राजु राजा राम’ पछि पुन : फिल्म ‘डाँडाको बर पीपल’ मा उनैले उनीहरुलाई एकसाथ अभिनय गराउन लागेका हुन्। १६ वर्षपछि केसी र श्रेष्ठ एकै फिल्ममा देखिने छन्।

निर्माण पक्षले फिल्म छायांकनको सेड्युल तय गरेको छ। निषेधाज्ञका कारण रोकिएको फिल्म अब भदौ ५ गते चित्लाङ (मकवानपुर) बाट छायांकन सुरु हुनेछ ।

Advertisement

फिल्ममा शिव, भुवनका अलवा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

नवराज गिरी निर्माता रहेको फिल्ममा शान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन रहेको छ। साथै फिल्ममा शिव मुखिया/एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रहेको छ।