November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

८ महिनादेखि बन्द लुम्बिनीको मायादेवी मन्दिर खुला

2.8K

काठमाडौं–कोभिड–१९ का कारण गत चैत ११ देखि बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ।

कोरोनासँगै बन्द भएको मन्दिर ८ महिना ७ दिनपछि खुला भएको हो।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्दिरको अवलोकन गर्दै सर्वसाधारणका लागि खुला गरेका हुन्।

‘लुम्बिनीको बाहिरी परिसर केही दिन अगाडि नै खुला भएको थियो,’ मन्त्री भट्टराईले भने, ‘आइतबारदेखि भने लुम्बिनीको मुख्य मन्दिर पनि सबैका लागि खुला भएको छ।  स्वास्थ्य सम्बन्धित मापदण्ड कडाइका साथ लागू हुन्छ।’

Advertisement

मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ भने स्यानिटाइज पनि हुन पर्ने छ। एकपटकमा ८ देखि १० जनामात्रै प्रवेश गर्न पाउने छन्।