November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमबाप्पेको पिएसजीमा १०० गोल

2.5K

काठमाडौं– केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबमा सय गोल पूरा गरेका छन्। शनिबार राति पिएसजीले मोन्टपेलिएरलाई ३–१ गोलअन्तरले पराजित गर्ने क्रममा एमबाप्पेले सय गोल पूरा गरेका हुन्।

फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पिएसजीले मोन्टपेलिएरलाई सहज रुपमा पराजित गरेको हो। खेलको ३३ औं मिनेटमा कोलिन डग्बाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। तर ४१ औं मिनेटमा स्टेफी माभिडिडीले गोल गर्दै मोन्टपेलिएरलाई १–१ गोलको बराबरीमा पुर्‍याए। खेलको ७७ औं मिनेटमा मोइस केनले गोल गरेपछि पिएसजीले २–१ गोलको अग्रता बनाएको थियो।

खेलको अतिरिक्त समयमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३–१ गोलको जित दिलाए। यो गोलसँगै २१ वर्षीय युवा स्टार एमबाप्पेले पिएसजीका लागि सय गोल पूरा गरेका हुन्। पिएसजीका लागि सय गोल पूरा गर्ने एमबाप्पे पाँचौ खेलाडी बने। यसअघि इडिन्सन काभानीले पिएसजीका लागि २०० गोल गरेका छन् भने ज्लाटन इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र डोमिनिक रोचेटेउले सय गोल गरेका छन्।

Advertisement

सन् २०१८ मा मोनाकोबाट स्थायी रुपमा अनुबन्धित हुनुअघि आफ्नो घरेलु टिम पिएसजीबाट २७ गोल एम्बाप्पेले गरेका थिए।