November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

देउकृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको ‘डाँडा बजार’ सार्वजनिक (भिडियो सहित)

9K

इटहरी । नेपाली चलचित्र ‘तारेभीर’ का निर्माता देउकृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेकोे ‘डाँडा बजार’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोक भाकामा आधारित ‘डाँडा बजार’ बोलको गीत युमा आर्ट्सको युट्युव च्यानल मार्फत शुक्रवार सार्वजनिक भएको हो ।

याख्खाकै कोरियोग्राफी समेत रहेको गीतमा धनकुटाको डाँडा बजार भन्ने ठाउँलाई विशेष रुपमा चित्रण गर्न खोजिएको छ । चित्र याख्खाको संगीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता सन्याक लिम्बू र हिमानी फेवन लिम्बूको आवाजमा वनेको ‘डाँडा बजार’ बोलको गीत रिलिज हुनु अगावै लाखौँ दर्शकले रुचाएका थिए । गीतमा देवेन्द्र लिम्बू र सुनिता सन्याक लिम्बूको मुख्य भूमिको रुपमा स्वर दिएका छन् ।

पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी लिम्बु समुदायको सांस्कृतिक पहिचानलाई विशेष प्राथमिकताका साथ उजागर गर्न खोजिएको गीतमा चारखोला सिशिर (सिशिर लिंदेन) को शब्द रहेको छ भने राम कार्कीको एरेञ्ज रहेको छ ।

Advertisement

पछिल्लो समय म्युजिक भिडियो निर्माणमा निक्कै व्यस्त र सफल मानिएका देवानको निर्देशनमा बनेको भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू, सुनिता सन्याक लिम्बूले अभिनय गरेका छन् । साथै भिडियोमा आधुनिक देवान (भूमिराज) र पद्मा माया लिम्बू (सीता राई)को पनि अभिनय हेर्न पाइने छ । गीतमा मूख्य भूमिकाको रुपमा युमन लिम्बू र रेखा लिम्बूलाई देखिएका छन् । । ।

सुमन तामाङको छायाङ्कन रहेको गीतको भिडियोलाई बिकास दाहालले कलरिङ र सम्पादन गरेका हुन् । नेपाली चलचित्र ‘तारेभीर’ निर्माणबाट उदाएको देवानले पछिल्लो समय आफुलाई म्युजिक भिडियो निर्देशनमा अब्बल सावित गरिसकेका छन् ।

हाल सम्म निर्माता–निर्देशक देवानले दर्जन बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । कोरियोग्राफर समेत रहेका देवान आगामी दिनहरुमा पनि दर्शक÷श्रोतामाझ उत्कृष्ट म्युजिक भिडियोहरु ल्याउने प्रतिबद्धता ब्यक्त गर्दछन् ।।

भिडियो