November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कुन्द्राको घरमा सर्वर फेला

5.4K

काठमाडौं- अश्लिल फिल्मको र्‍याकेट चलाएको आरोपमा पक्राउ परेका शिल्पा शेट्टीका पति राज कुन्द्रा र उनका विश्वासपात्र मानिने मुख्य आरोपी उमेश कामत यतिबेला प्रहरी नियन्त्रणमा छन्।

यस प्रकरणको छानबिनमा जुटेको क्राइम ब्रान्चले राज कुन्द्राको घरमा छापा मारेको छ र प्रहरीलाई सर्वर प्राप्त भएको नवभारत टाइम्सको समाचारमा उल्लेख गरिएको छ। 

क्राइम ब्रान्च स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइए अनुसार कामतले यी सबै भिडियो अलग अलग प्रोडक्स हाउसबाट बनाएका थिए। यसका अलावा हटसट एपमा अपलोड गरिएको थियो। क्राइम ब्रान्चले २० मिनेटदेखि ३० मिनेटसम्मका कुल ९० भिडियो फेला पारेको छ।

Advertisement

मुम्बइ क्राइम ब्रान्चको सोधपुछमा कुन्द्राले ति भिडियोलाई अस्वीकार गरेका छन् जो उमेश कामले बेलायतमा रहेको प्रोडक्सन कम्पनी केनरिनलाई पठाएका थिए। 

प्रहरीले सर्वरलाई फरेन्सिक जाँचका लागि पठाएको छ। केनरिनले स्वयं पोनोग्राफिक मटिरियल अपलोड गर्ने गरेको थियो यसबाट भन्ने पत्ता लगाउन सकिने प्रहरीले जनाएको छ। 

तर कुन्द्राले पोर्न भिडियो नभइ अन्य ओटीटी प्लेटफर्ममा आउने भिडियो आफूले बनाएको बताएका छन्। 

आज कुन्द्राको दुई कार्यालय वियान इन्ड्रस्टिज र एलजी स्ट्रिमिङमा प्रहरीले छापा मारेको छ। प्रहरीका अनुसार आरोपिहरुले संघर्ष गरिरहेका मोडल, अभिनेता र अन्य युवतीको स्थितिको लाभ उठाउँदै उनीहरुलाई अश्लिल फिल्म खेल्न बाध्य पार्ने गरेको थिए। उनीहरुले फिल्मको सुटिङका लागि मुम्बइमा बंगला भाडामा लिएका थिए।