November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

दोस्रोपटक श्रीमतीसँग डिभोर्स भएपछि आमिरले भने- हामीहरु निकै खुशी छौं

2.7K

काठमाडौं- आमिर खान र किरण रावले डिभोर्सको घोषणा गरेपछि आफूहरु निकै खुशी भएको बताएका छन्। आमिर खान र किरण राव ‘पानी फाउन्डेशन’ को एक सप्ताहिक अनलाइन कार्यक्रममा कारगिलबाट सहभागी भएका थिए। 

आमिर खानले भने, “तपाईहरुले हाम्रो घोषणा सुन्नु भयो होला। तपाईहरु दु:खी पनि हुनुभयो होला, राम्रो अवश्य लागेन। तर हामी दुबै निकै खुशी छौं। एकै परिवार छौं। हाम्रो सम्बन्धमा मात्र बदलाव आएको हो तर हामीहरु साथ नै छौं। तपाईहरु शुभकामना दिनुस् कि हामीहरु खुशी रहौं।”

किरण रावले भनिन्, ” हामीहरु तपाईंहरुलाई आश्वस्त पार्न चाहन्छौकी हामीहरु साथमा काम गरिरहने छौं।”

Advertisement

‘पानी फाउन्डेशन’ कोरोना लकडाउनको समयमा यस्तो साप्ताहिक चर्चाको कार्यक्रम आयोजना गर्छ जसमा आमिर र किरण सहभागी हुँदै आएका छन्। 

शनिबार बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावबीच डिभोर्स भएको थियो। दुबै जनाले एक संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका थिए।

आमिर र किरणले विज्ञप्तिमा भनेका थिए, “यो १५ वर्षको राम्रो समयमा हामीले एक साथ जीवन भरको  अनुभव, खुशी र हाँसो साझा गरेका छौं, र हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्यार बढेको छ। अब हामी आफ्नो जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं, पति-पत्नीको रुपमा होइन, तर बच्चाको आमा बुवा र परिवारको रुपमा।”

“हामीले केही समय पहिला एक अर्कासँग अलग हुने शुरुआत गरेका थियौं र अब यसलाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं, हामी हाम्रो छोरा आजाद प्रति समर्पित आमा बुवा हौं, जसको पालन-पोषण हामी मिलेर गर्ने छौं। हामी फिल्म, पानी फाउंडेशन र अन्य परियोजनामा पनि सहयोगीको रुपमा काम गर्ने छौं।”

“हामी हाम्रा शुभचिन्तकबाट शुभकामना र आशीर्वादको अपेक्षा राख्छौं। आशा गर्छौ हाम्रो तलाकलाई अन्त्यको रुपमा नभइ एक नयाँ यात्राको रुपमा हेर्नुहुनेछ” विज्ञप्तिमा भनिएको थियो।

आमिर र किरण रावको भेट फिल्म ‘लगान’ को सेटमा भएको थियो। किरण फिल्मको असिस्टेंट डायरेक्टर थिइन्। २८ डिसेम्बर २००५ मा दुबै विवाह बन्धनमा बाँधिएका थिए। दुबैको एक छोरा छन् जसको नाम आजाद हो। 

किरण राव आमिरको दोस्रो विवाह थियो। रीना दत्ता उनकी पहिली पत्नी थिइन्। विवाहको १६ वर्षपछि सन् २००२मा उनीहरुबीच डिभोर्स भएको थियो। रीना दत्ता र आमिरका एक छोरी इरा र छोरा जुनैद छन्।