काठमाडौं– अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताएको छ। शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ। उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ।
यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन्। दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए। एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको दुर्घटनामा परेको बताइएको छ।
उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्काे भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ।
यो सडक दुर्घटना भएको र दुइ वटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन्। दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन्।