लण्डन । नेपाल पत्रकार महासंघ युकेको भर्चुअल पाँचौ अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दर्पण संसार डट कमका संजयभक्त कंडेल, उपाध्यक्षमा च्यानल लण्डनका एभरेष्ट गौतम, महासचिवमा ग्लोबल दैनिक डट कमका कर्मा पहाडी शेर्पा, कोषाध्यक्षमा नेपाल मामिला डट कमका बिमला लिम्बु, सदस्यमा सिलौटी टाइम्स डट कमका खुशी लिम्बु र नेपाल संसार डट कमका मन्दिप केसी रहेका छन ।
सचिव पद र कार्यसमितिका बाँकी सदस्यहरु पछि थप गरिने भएको छ ।
गत जुन १३ सम्पन्न पाँचौ अधिवेशनको पोस्टल भोटिङमा व्यापक धाँधली भएको प्रमाणका आधारमा कृयाशिल पत्रकारहरुले उक्त अधिवेशनलाई अस्वीकार गरि नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि प्रेस युनियन युके र प्रेस युनियन युरोपले जुन १३ को अधिवेशनका बारेमा उजुरी गरिसकेको छ । त्यसको सुनवाई हुन वाँकी छ ।