काठमाण्डौ – जापानमा रहेका युवा गायक प्रेम सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन ।
पछिल्लो समय लोपहुँदै गइरहेको ठेट रत्यौलीलाई यस्ता गीतहरुले जर्गेना गर्ने धेरैको विश्वास छ । प्रेम सापकोटा सोनुको शब्द तथा लय संकलन रहेको सो गीतमा प्रेमलाई आवाजमा सम्झना भण्डारीले साथ दिएकी छन ।
गीतमा गाँउघरमा प्रयोग हुने रत्यौलीको भाका र सोहि अनुसारका टुक्काको संग्रह गरिएको छ । गीतको म्युजिक भिडियो समेत निकै रमाइलो बनाइएको छ । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । भिडियो हेर्न लिंक क्लिक गर्नुहोस् ।