November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा

2.6K

एजेन्सी- अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् ।

उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको बीबीसीले जनाएको छ ।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो।

Advertisement

मस्तिष्क सल्यक्रियापछि भएको म्याराडोनाको निधन हृदयघात नै कारण थियो या थिएन भन्नेबारे छानबिन सुरू भएको हो ।

म्याराडोनाका छोरीहरूले पनि आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै आएका थिए।

आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने थालेको छ।