November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रिमियर लिग: टोटनहम र चेल्सीको बराबरी

2.8K

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र चेल्सीले बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेल्दै अंक बाँढेका हुन् ।

चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।

Advertisement

खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन् ।

बराबरीसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ ।

शीर्ष स्थानमा उक्लने मौका गुमाएको चेल्सी भने तेस्रो स्थानमा रहेको छ । उसको १० खेलमा १९ अंक छ ।