November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना संक्रमणकले अभिनेत्री भट्टराईका श्रीमानको मृत्यु

3.2K

काठमाडौं– अभिनेत्री श्वेता भट्टराईका पति मिलन सापकोटाको निधन भएको छ।

कोभिड–१९ संक्रमणसँग जुधिरहेका सापकोटाको मंगलबार उपचारका क्रममा चाबहिलस्थित एक अस्पतालमा निधन भएको हो।

फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक सञ्जलमार्फत श्वेताका पति सापकोटाको मृत्यु भएको उल्लेख गरेका छन्। 
‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले निधन भएको खबर सुनेर स्तब्ध भएको छु’ पराजुलीले लेखेका छन्। 

Advertisement

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुका एक सन्तान छन्।

श्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्याकमेल’, ‘प्रोड्यूसर’लगायतका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन्। दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन् ।