November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

फिचर फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलका लागि छनोट

4.9K

काठमाडाैं- मोहन राईले निर्देशन गरेको फिचर फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलका लागि छनोटमा परेको छ।

भारतको कोलकाता फिल्म फेस्टिभलका क्रममा ‘वर्ल्ड प्रिमियर’ गरिएको महानगर अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा पहिलो स्क्रिनिङ हुनेछ। अर्थात् यो फिल्म फेस्टिभलको उद्घाटन समारोहमा देखाइनेछ।

कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन छनोटअन्तर्गत ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्ड’का लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो।

Advertisement

निर्देशक राईले यसअघि तेस्रो लिंगी अञ्‍जली लामाको जीवनीमा आधारित डकुमेन्ट्री र छोटो फिल्म सखीको निर्देशन गरिसकेका छन्। महानगर भने उनको डेब्यु फिचर फिल्म हो।

फिल्मले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्मबाट फेस्टिभलमा ठाउँ बनाएको हो। यो फेस्टिभलको २४औं संस्करण हो। फेस्टिभल मे २८ देखि जुन ६ सम्म चल्नेछ।

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ। सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो। फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारले पनि अभिनय गरेका छन्।