November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नायिका वर्षा राउतलाई कोरोना ‘पोजिटिभ’

4.6K

काठमाडाैं- नायिका वर्षा राउतलाई कोरोना ‘पोजिटिभ’ देखिएको छ। नायिका राउतले सामाजिक सञ्‍जाल इन्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन्।

उनले गन्ध हराएको र खोकी लागिरहेका कारण कोरोना परीक्षण गराएको उल्लेख गरेकी छिन्। साथै, अहिले आफू ठीक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छन्।

वर्षाले चाँडै नै ठीक भएर काममा फर्किने अपेक्षा व्यक्त गर्दै सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेकी छन्।

Advertisement

कोरोना महामारीको दोस्रो लहरले नेपाली चलचित्रका कलाकारहरुलाई पनि छोएको छ। यसअघि संक्रमित भएकी नायिका केकी अधिकारी कोरोनाबाट मुक्त भइसकेकी छन्।

कलाकार मदनकृष्ण श्रेष्ठका पूरै परिवार, सरिता लामिछानेका परिवार, कलाकार दीपक आचार्य, नायिका शिल्पा मास्के, गायक प्रकाश सपुत र उनका भाइ देवेन्द्र बब्लु लगायतका कलाकार कोभिड-१९ को दोस्रो लहरमा संक्रमित भएका छन्।