April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मगर संघ यूकेका पूर्व अध्यक्ष नेम थापा काउन्सिलर निर्वाचित

5.5K

लन्डन । बेलायतमा लामो समयदेखि समाजसेवामा समर्पित पूर्व गोर्खा नेम थापा वार्ड काउन्सिलरमा निर्वाचित भएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीबाट उम्मेद्वार बनेका नेम थापाले आफ्ना निकट्तम प्रतिद्धन्दी लेबर पार्टीका उम्मेद्वारको ८०६ मतको विरुद्द ८९८ मत, अर्थात बिपक्षीले भन्दा ९२ मत बढी ल्याइ बिजयी भएका हुन् ।

करिब २७ सय जम्मा मतदाता रहेको नेम थापाको फार्नबरो चेरिवुड वडामा १७ सय १७ मत खसेका थिए ।

Advertisement

उक्त वडामा यसअघि भने लेबर पार्टीबाट काउन्सिलर बिजयी हुने गरेको थियो । घना नेपाली बस्ती रहेको यो वडामा नेपाली समुदायबाट काउन्सिलर निर्वाचित हुने थापा पहिलो व्यक्ति हुन् ।

नवनिर्वाचित काउन्सिलर थापा बेलायतको नेपाली समुदायमा एक सक्रिय अभियन्ता हुन् । मगर संघ यूकेका पूर्व अध्यक्ष हुन् भने हाल ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पनि उपाध्यक्ष हुन् ।