मनि थेबे,अष्ट्रिया। स्थापना कालको १७ औं बर्षमा मन्जु खड्कालाई सर्वसहमतीमा अध्यक्ष चयन गर्दै यहिँ २४ अप्रिल २०२१ मा नेपाली सामाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले २ बर्षे कार्यकालको निम्ति सबै पदहरुमा सर्वसहमतीद्वारा पदाधिकारीहरु चयन गरेको हो। नयाँ कमिटिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष – कुमार बोहोरा, उपाध्यक्ष – नेत्र खड्का, महिला उपाध्यक्ष – रुकमिणी पौडेल, महासचिव- अर्जुन घिमिरे , सचिव- गिता भण्डारी, कोषाध्यक्ष – प्रतिमा पण्डित , सह-कोषाध्यक्ष – रेमकला खरेल र सदस्यहरुमा क्रमस हिरा बोहोरा, रन्जु मल्ल, सुवाश गुरुङ, मुना गुरुङ, दुर्गा गौतम चयन भएका छन् ।
निवर्तमान अध्यक्ष रमेश खड्काको अध्यक्षतामा जुम मार्फत सम्पन्न भएको अधिवेशनमा विधान संशोधन समितिका संयोजक मित्र खत्रीद्वारा विधानको मस्यौदा प्रस्तुत गरिएको थियो। विधानको मस्यौदा उपर छलफलमा निवर्तमान अध्यक्ष रमेश खड्काले मोडरेटरको रुपमा भूमिका निर्वाह गर्दै जिज्ञाशाहरुको उत्तर समेत दिएका थिए । निवर्तमान कोषाध्यक्ष तथा वर्तमान उपाध्यक्ष नेत्र खड्काले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रम संचालन निवर्तमान महासचिव तथा वर्तमान उपाध्यक्ष कुमार बोहराले गरेका थिए ।