November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायती गृहमन्त्रीद्धारा नीरव मोदीलाई भारत सुपुर्दगी गर्न स्वीकृति

3.2K

लण्डन- बेलायतकी गृहमन्त्री प्रिती पटेलले पन्जाव नेशनल बैंक (पीएनबी) घोटालाको अभियोग लागेका नीरव मोदीलाई भारत सुपुर्दगी गर्न स्वीकृति दिएकी छिन्।

बिगत ४ वर्षदेखि बेलायतमा बस्दै आएका हिरा व्यापारी मोदीविरुद्ध पीएनबीबाट करिब १२ हजार करोड घोटला गरेको आरोप लगाइएको छ। उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो।

केन्द्रीय जाँच ब्युरो (सीबीआई)का अनुसार गृहमन्त्री पटेलले सुपुर्दगी गर्न स्वीकृति दिएसँगै मोदीलाई भारत झिकाइदै छ। उनीविरुद्ध भारतमै मुद्दा चलाइने छ। 

Advertisement

फेब्रुअरी २० मा वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतले मोदीलाई भारतमा सुपुर्दगी गर्नु मानवअधिकारको पालना भएको फैसला सुनाएको थियो। 

केन्द्रीय अनुसन्धान ब्यूरोले वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतको फैसला महत्वपूर्ण रहेको बताएको छ।