April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘नेपाल सरकार मनको गरिब होइन’: प्रधानमन्त्री ओली

2.1K

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार आर्थिक रुपमा कमजोर भए पनि मनको गरिब नभएको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार मनको  गरिब नभएकाले कोरोना महामारीका कारण समस्या परेका उद्योगी व्यवसायीहरुलाई आफ्नो गच्छेअनुसार सहयोग गर्ने बताएका हुन्।

‘नेपाल सरकार मनको गरिब होइन, दिने इच्छा नगर्ने होइन, तर सरकारको आर्थिक क्षमता यहाँहरुले हेर्नु भएको छ,’ उनले भने, ‘गच्छेअनुसार बाँच्ने हो, सरकारले गच्छेअनुसार अथवा त्यसभन्दा एक कदम अगाडि रहेर यहाँहरुलाई सहयोग गर्नेछ। तर फेरि पनि यो सीमित हुनेछ। यसमा साझा प्रयासबाट हामी अगाडि बढ्न सक्छौँ ।’ 

Advertisement

कोरोना महामारीका कारण निजी क्षेत्र तथा समग्र राष्ट्रलाई परेको असरलाई समाधान गर्न सबै मिलेर अग्रसर हुनुपर्ने उनको जोड थियो। 

‘हामी साझा समस्या झेलिरहेका छौँ । यसको समाधान पनि सँगै मिलेर गर्नुपर्छ। सबैको संयुक्त प्रयासमा हामी समस्यासँग जुध्न सक्छौँ, ’ प्रधानमन्त्री ओलीले भने ।