November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रसुवामा दुर्घटना, दुईजनाको मृत्यु, एक बेपत्ता

6.3K

काठमाडौं – गएराति करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा कालिका गाँउपालिका- १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ बर्षीय उनका भाइ सागर तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए।

ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब. दुई सय मिटर तल खस्न जाँदा दुर्घटना भएको बताइएको छ।

Advertisement

यसैगरि एक जना टिपरमा अन्य एक जना पनि सवार रहेकोमा उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।