April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक रेग्मी जेल चलान

7.2K

काठमाडौं- नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी जेल चलान भएकी छिन्।  आफ्नै आमालाई हेरचाह नगरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी हुन् ।

काठमाडौं जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको काठमाडौंका प्रहरीका प्रवक्ता रमेश बस्‍नेतले बताए।

उनले तीन करोड रुपैयाँ र अन्य अचल सम्पत्तिसमेत लिएर आमालाई हेरचाह नगरेको आरोपमा लागेको छ। उनीविरुद्ध आफ्नै आमाले ज्येष्ठ नागरिक ऐनअन्तर्गतको कसुरमा जाहेरी दिएकी थिइन्।

Advertisement