November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चितवनमा ट्र्याक्टर दुर्घटना हुँदा ६ को मृत्यु, १८ घाइते

3.8K

काठमाडौं– चितवनको राप्ती नगरपालिका–११ आमपानीस्थित डुम्रे खाडी नजिक चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

दुर्घनामा परी १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए। ट्र्याक्टरमा २४ जना सवार रहेको उनले बताए।

ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आइतबार साँझ साढे सात बजे पुलबाट झण्डै २०० मिटर तल खसेको उनले जानकारी दिए।

Advertisement

दुर्घटनाका घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । 

उद्धार गरी अस्पताल ल्याएपछि ६ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनको भनाइ छ।