November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

फिल्म ‘घिन्ताङ’मा केकीको ‘इन्ट्री’

5.6K

काठमाडाैं- फिल्म ‘घिन्ताङ’को नायिकाको भुमिकामा केकी अधिकारी अनुवन्धित भएकी छन्। एलिजा गौतमले ब्यक्तिगत ब्यस्तता देखाउँदै फिल्म छाडेपछि त्यसमा लक्ष्मी बर्देवा अनुवन्धित भएकी थिइन्। तर, उनले पनि फिल्म छाडेपछि अहिले नायिका केकी फिल्ममा प्रवेश गरेकी हुन्।

झण्डै ८ वर्षपछि फिल्म निर्देशनमा फर्कन लागेका दीपक श्रेष्ठलाई फिल्ममा नायिका टिकाउनै मुस्किल परेको छ। 

फिल्म चैतको पहिलो साताबाट छायांकनमा जाने भनिएपनि निर्देशक दिपकलाई कोरोना पोजेटिभ देखिएपछि केही पछि सरेको थियो। नायिकाको हेरफेरका कारण अब भने फिल्मको छायांकन बैशाख ६ गतदेखि हुने भनिएको छ। 

Advertisement

फिल्ममा नायिका एलिजा गौतमले ब्यक्तिगत कारण देखाएर फिल्म छाडिन् भने लक्ष्मीले अर्को फिल्म ‘अनन्त’ लाई रोजिन्। दुबै फिल्मको मिती जुधेपछि उनले  ‘घिन्ताङ’ छाडेर अर्काे रोजेकी हुन्।