April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

याक्थुङ चुम्लुङ यूके थरक शाखाको चौथो अधिवेशन सम्पन्न

3.3K

शेर इङनाम, एसिक्स, बेलायत- किराँत याक्थुङ चुम्लुङ (केवाइसी) बेलायतको थरक शाखाले आफ्नो चौथो अधिवेशन सम्पन्न गरेको छ । गत आइतबार २२ नोभेम्बरको दिन जूमद्वारा चौथो अधिवेशन सम्पन्न गरिएको हो ।

अधिवेशनबाट युवराज इस्बोको अध्यक्षतामा सात–सदस्यीय समिति बनेको छ । उपाध्यक्षहरुमा  पदमबहादुर यक्सो र देउमान फेम्सङ लिबाङ, सचिवमा बिनु लिबाङ, सहसचिवमा देबेन्द्र ताम्लिङ, कोषाध्यक्षमा लक्ष्मीप्रसाद लिबाङ र सहकोषाध्यक्षमा डम्बर इङ्नाम चयन भएका छन्। निर्वाचन समितिको अध्यक्षता कृष्ण कुमार कुरुम्बाङले गरेका थिए ।

कार्यसमिति सदस्यहरुको चयन गरेर कार्यसमितिलाई चाँडै नै पूर्णता दिइने निवर्तमान सचिव शेर इङनामले नेपाल मामिलालाई बताए ।

Advertisement

कोभिड–१९ को महामारीको कारण अधिवेशनको दुवै सत्रहरु जूम मार्फत सञ्चालन गरिएको थियो । थरक शाखाको अधिवेशनमा केवाईसी यूके केन्द्रको तर्फबाट केन्द्रीय समितिका बरिस्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङ उपस्थित थिए ।

चौथो अधिवेशन र आफ्नो कार्यकाल सफल पार्नमा सहयोग पुर्याउने सबैलाई निवर्तमान अध्यक्ष दल आङदेम्बेले धन्यवाद ज्ञापन गरे ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष युवराज इस्बोले पनि सबैबाट सोही प्रकति र स्तरको सहयोगको अपेक्षा राखेका छन् ।