November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रंगशालाई सहयोग जुटाउन मेची महाकाली अभियानमा धुर्मुस–सुन्तली

4.1K

काठमाडाैं–गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोग संकलनका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले मेची महाकाली अभियान सुरु गरेको छ।

अभियानको सुरुवात सोमबार कञ्चनपुरबाट भएकाे फाउण्डेसनले जनाएको छ। अभियान टोली चितवनबाट आइतबार कञ्चनपुरतर्फ लागेको थियो।

रंगशाला निर्माणमा खटिएका श्रमिकले फाउण्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ सहितको टोलीलाई बिदाई गरेका थिए।

Advertisement

रंगशालामा सातै प्रदेशका सात स्तम्भ र ७७ जिल्लाका कक्ष निर्माण गरिने भएको छ।