April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती प्रधानमन्त्री जोनसनले लगाए एस्ट्राजेनेका खाेप

3.4K

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले एस्ट्राजेनेका खोप लगाएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० र युरोपेली नियामक निकायले एस्ट्राजेनेका खोप पूर्ण सुरक्षा रहेको बताएपछि शुक्रबार उनले एस्ट्राजेनेकाको खोप लगाएका हुन।

रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले एस्ट्राजेनेका खोप लगाउन रोकेका थिए।

तर, डब्लुएचओ र युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाई सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान सुरु गरिएकाे छ।

Advertisement

प्रधानमन्त्री जोनसनले खाेपमाथि आम नागरिकमा रहेकाे आशंका हटाउन आफूले पनि लगाएकाे प्रतिकृया दिएका छन्। 

बेलायतको औषधि र स्वास्थ्य उत्पादन नियामक एजेन्सी एमएचआरएले यो खोप लगाएपछि लगातार ४ दिनसम्म टाउको दुखे डाक्टरको सल्लाह लिन आग्रह गरेकाे छ।