November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रिमियर लिग: बर्नलीको पहिलो जित

2.6K

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित हात पारेको छ ।

जारी सिजनको आठौँ खेल समाप्त हुँदा बर्नलीले पहिलो जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए ।

Advertisement

जितसँगै बर्नली ८ खेलमा एक जितसहित ५ अंक जोडेर १७औँ स्थानमा छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।