November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतसँग इंग्ल्यान्ड पराजित

2.2K

काठमाडौं– घरेलु टिम भारतले टि–२० क्रिकेट सिरिजको चौथो खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ। भारतले बिहीबार राति भएको खेलमा इंग्ल्यान्डलाई आठ रनले हराएको हो।

नरेन्द्र मोदी रंगशालामा १८६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन मात्रै बनाएपछि भारतले रोमाञ्चक जित निकालेको हो।

इंग्ल्यान्डका बेन स्टोक्सले विष्फोटक ब्याटिङ गर्दै ४६ रन बनाए पनि जित दिलाउन सकेनन्। उनले २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाएका थिए। त्यस्तै, ज्यासन रोयले ४० रन बनाए।

Advertisement

बलिङतर्फ शार्दुल ठाकुरले तीन विकेट लिँदा राहुल चाहार र हार्दिक पाण्ड्याले समान २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो। भारतका सुर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक रन बनाए। उनले ३१ बलमा ५७ रन बनाउँदा श्रेयस ऐयरले ३७ र रिषभ पन्तले ३० रन बनाए।