काठमाडौं– इंग्ल्यान्डले घरेलु टिम भारतलाई टि–२० क्रिकेट सिरिजको तेस्रो खेलमा पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेको हो। १५७ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १८.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायाे।
इंग्ल्यान्डका जोश बटलरले उत्कृष्ट ब्याटिङ गरे। उनले ५२ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा अविजित ८३ रन बनाए। त्यस्तै, जोनी बैरस्टोवले २८ बलमा अविजित ४० रन जोडे।
भारतका वासिङटन सुन्दर र युज्भेन्द्र चाहालले समान १–१ विकेट लिए। नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।
भारतका लागि कप्तान विराट कोहलीले ४६ बलमा अविजित ७७ रन बनाएका थिए। त्यस्तै, रिषभ पन्तले २५ र हार्दिक पाण्ड्याले १७ रन जोडे।