November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

वुल्भ्सविरुद्ध लिभरपुलको संघर्षपूर्ण जित

4.9K

काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। लिभरपुलले वुल्भ्सविरुद्ध १–० गोलको जित निकालेको हो।

सोमबार राति घरेलु टिम वुल्भ्सविरुद्धको जितमा डिएगो जोताले गरेको गोल नै जितको आधार बन्यो। घरेलु टिम वुल्भ्सले लिरभपुलविरुद्ध राम्रो खेले पनि गोल गर्न भने सकेन। पहिलो हाफको अन्तिम समयमा जोताले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए।

यही अग्रता कायमै राख्दै लिभरपुलले जित निकालेको हो। यो जितले लिभरपुललाई निकै राहात मिलेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगे पनि प्रिमियर लिगमा भने लिरभपुलले खराब प्रदर्शन गरिरहेको छ।

Advertisement

करिब उपाधि दौडबाट आश गुमाइसकेको लिरभपुलको अवको यात्रा भने अन्तिम चार हो। अन्तिम चारमा पुग्नका लागि वुल्भ्सविरुद्धको जितले केही राहात मिलेको छ।