काठमाडौं– लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा रहेको चेल्सीलाई गोलरहित बराबरीमा रोकेको छ। तुलनात्मक रुपमा कमजोर रहेको लिड्सले चेल्सीलाई गोलरहित बराबरीमा रोकेको हो।
आफ्नै मैदानमा लिड्सले चेल्सीसँग बराबरी खेल्दै अंक बाँडेको हो। चेल्सीले खेलअवधिभर बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न सकेन। ६३ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखेको चेल्सीले १५ पटक लिड्सको पोस्टमा प्रहार गरेको थियो।
इंग्लिस प्रिमियर लिगमै भएको अर्को खेलमा एभर्टन बर्नलीसँग २–१ गोलअन्तरले पराजित भएको छ। एर्भटन आफ्नै मैदानमा हारेको हो।