November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

च्याम्पियन्स लिगमा पोर्टोविरुद्ध दबाबमा युभेन्टस्

२०७७ फाल्गुन २५

3K

काठमाडौं– च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब युभेन्टस र पोर्चुगिज क्लब पोर्टो साथै जर्मन क्लब बोरुसिया डोर्टमुन्ड र स्पेनिस क्लब सेभियाबीचको खेल मंगलबार राति पौने २ बजे हुँदै छ।

पहिलो लेगमा पोर्टोसँग २–१ ले हारेको युभेन्टस र डोर्टमुन्डसँग ३–२ ले हारेको सेभियाका लागि दोस्रो लेगमा दबाब बढि रहेको छ। पहिलो लेगमा भेट हुँदा युभेन्टसविरुद्ध युरोपियन प्रतिस्पर्धामा पोर्टोले पछिल्ला छ खेलमा पहिलो पटक जितेको हो। पछिल्ला पाँच खेलमा पोर्टोले चार खेल हारेको थियो भने एक खेल बराबरी खेलेको थियो।

युभेन्टस आफ्नो रंगशालामा पोर्टोविरुद्ध यसअघि बलियो देखिने गरेको थियो। युभेन्टसले घरेलु मैदानमा पोर्टोलाई २००१ को अक्टोवरमा ३–१ ले, २०१७ को मार्चमा १–० ले हराएको थियो। च्याम्पियन्स लिग नकआउट चरणमा युभेन्टसले पछिल्ला १२ घरेलु मैदानको खेलमा ८ खेलमा जित, २ बराबरी र २ हार भोगेको छ। पोर्टोविरुद्धको खेलमा युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई सुरुवाती ११ मा नै खेलाउने तयारी देखिन्छ।

Advertisement

युभेन्टस प्रशिक्षक एन्ड्रे पिर्लोले लिगमा लाजियोसँगको खेलमा रोनाल्डोलाई आराम दिइएको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।