November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोमल वलीले रघुजी पन्त विरुद्ध गाली बेइज्जती मुद्दा दायर

२०७७ फाल्गुन २५

3.4K

काठमाडाैं –राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन्।

जिल्ला अदालत काठमाडौमा सांसद वलीले क्षतिपुर्ति माग दावी गर्दै मुद्दा दायर गरेकी हुन्।

मुद्दामा उनले नेता पन्तले ‘केही दिनअघि सारी सर्लक्क फर्काएर गोडा पिडुला देखाएर पोइल जान पाउँ भनी गाली बेइज्जती गरेकाे’ उल्लेख गरेकी छन्।

Advertisement

उक्त टिप्पणीले आफ्नो गाली वेइज्जती गरेको दावी निवेदनमा गरिएको छ। उनले मुलुकी फौजदारी संहिता ३५ अनुसार कारवाही गर्नुपर्ने माग गरेकी छन्।